प्रणय दिवसको दिन युगल जोडीलाई चन्द्रागिरिको आकर्षक प्याकेज

Advertisement

काठमाडौं । चन्द्रागिरि हिल्सले पर्यटकीय स्थल चन्द्रागिरिमा फागुन दुई गते प्रणय दिवसको दिन  (फेब्रुअरी १४)मा  मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गर्ने भएको हो ।

कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरि हिल्सको टप स्टेशनमा रहेको बारमा संचालन हुने छ । प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी तीन हजार नौ सय ९९ रुपियाँ तथा प्रतिव्यक्ति दुई हजार चार सय ९९ रुपियाँको प्याकेज पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कार्यक्रमको उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको उक्त भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement