पूर्वका व्यवसायीको दबाबपछि बैंकको ब्याजदर कम गराउन सरकार पहल गर्न सहमत

Advertisement

विराटनगर । पूर्वका व्यवसायीहरुले बैंकको चर्को ब्याजदर घटाउन लामो समयदेखि गर्दै आएको संघर्षपछि ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकले पहल गर्ने सहमति जनाएको छ ।

चर्को ब्याजदरका कारण उद्योग व्यवसायको लागत वृद्धि भई सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै व्यवासायीले ब्याजदर घटाउन दबाबमूलक कार्यक्रम जारी राखेपछि प्रदेश १ को सरकारले मंगलबार बैठक राखेको थियो ।

पहिलो चरणको आजको बैठकमा राष्ट्र बैंकका अधिकारी, प्रदेश १ का प्रतिनिधि, बैंकर र व्यवसायीहरु सहभागी थिए । आजको सहमतिअनुसार नेपाल उद्योग बाणिज्य महासंघको पहलमा काठमाडौंमा दोस्रो चरणको बैठक बसी ब्याजदर घटाउन दोस्रो चरणको छलफल गर्ने सहमति भएको महासंघका उपाध्यक्ष किशोर प्रधानले बताए ।

Advertisement

Advertisement

Advertisement