कामना सेवा विकास बैंकको सीइओमा प्रविण बस्नेत नियुक्त

Advertisement

काठमाडौं ।  कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बस्नेतलाई सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि पनि मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी निमित्त कार्यकारी प्रमुखमा नियुक्त थिए ।

 बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ८२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ५ करोड ३२ लाख ७४ हजार रुपैयाँ जम्मा भइसकेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको कामना सेवाको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ९ पैसा छ ।

Advertisement

Advertisement

Advertisement