प्रुडेन्सियल इन्स्योरेन्सको नाफा करिब सात करोडले बढ्यो

Advertisement

काठमाडौं।  प्रुडेन्सियल इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिसम्ममा खुद नाफा आठ दशमलव आठ प्रतिशतले वृद्धि गरेर  ६ करोड ८३ लाख रुपियाँ नाफा आर्जन गरेको  छ। कम्पनीले गत वर्षको सोहि अवधिमा ६ करोड २८ लाख रुपियाँ मात्रै नाफा कमाएको थियो। गत वर्षको तुलनामा यस पटकको कम्पनीको नाफा ५५ लाख ३२ हजार रुपियाँले बढी हो।

अघिल्लो वर्षको सोहि अवधिमा २४ करोड एक लाख खुद बीमा शुल्क आर्जन गरेको यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अवाधिसम्ममा करिब एक लाख रुपियाँ बीमा शुल्क आर्जन बढाएर २५ करोड एक लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी २१ रुपियाँ ३२ पैसा छ । भने प्रतिशेयर नेटवर्थ दुई सय एक रुपियाँ ४७ पैसा पुगेको छ  ।

Advertisement

Advertisement

Advertisement