प्रणय दिवसको पूर्वसन्ध्यामा एलआइसी नेपालले ल्यायो आकर्षक योजना 'जीवन साथी'

Advertisement

काठमाडौं । भारतको लाइफ इन्स्योरेन्स कर्पोरेशन इण्डियाको लगानी रहेको एलआइसी नेपालले प्रणय दिवसको पूर्वसन्ध्यामा जीवन साथी नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसको उदघाटन गरे । श्रीमान श्रीमतीका लागि निकै लाभदायक यो योजनामा अहिलेसम्मकै कम बीमा शुल्कमा बीमा गर्न सकिन्छ ।

यस योजनाअनुसार बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्क रूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । श्रीमान श्रीमतीमध्ये कुनै एकले जीवन बीमा गर्दा अर्कोको निःशुल्करूपमा बीमा हुनेछ । बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनुका साथै बाँकी अवधिसम्म जीबित हुनेको बीमांकको ५० प्रतिशत बराबरको निःशुल्क बीमा हुने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास र उपप्रमुख कार्यकारी अधिकृत अभिजित घोषले ८० प्रतिशत बीमा पुरुषहरुबाट मात्रै भइरहेको अहिले अवस्थामा यस योजनाबाट महिलाले निःशुल्क लाभ लिनसक्ने बताए । जीवनसँगै दुर्घटना बीमासमेत समावेश गरिएको यस योजनामा १८ देखि ६० बर्ष उमेरका मानिसहरुले भाग लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement