जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर पाल्पामा

Advertisement

काठमाडौं। जनता बैंकले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा रहेको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरेको हो ।

बैंकले सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु इकाइलाई समेत शाखा मातहत रहने गरि एक्स्टेन्सन काउण्टरमा रुपान्तरण गरेको हो । यस्तो काउन्टरबाट उक्त क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ।

यससँगै बैंकको देशभर १ सय २८ शाखा, ५० शाखा रहित बैंंकिङ केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा आएका छन् ।

Advertisement

Advertisement

Advertisement