माछापुच्छ्रे बैंकमा  रियल टाइममानै खाता खोल्न मिल्ने, थप ५ शाखा रहित बैंकिङ सेवा सुचारु

Advertisement

 

काठमाडौं । माछापुच्छ्रे बैंकले रियल टाइममानै खाता खोल्न मिल्ने गरी थप ५ शाखा रहित बैंकिङ सेवाको विस्तार गरेको छ । बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको हो ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग)को फिस्लिङमा, तनहँको म्याग्दीगाउँपालिकाको तार्पुमा, लमजुङको मध्यनेपालनगरपालिकाको दुइपिप्लेमा, बागलुङको काठेखोलागाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिकाको भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले हालसम्म ६१ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । यो शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जानकारी दिएको छ ।

बैंकको९३ वटा शाखाहरु लगायत ६१ शाखा रहित बैंकिङ सेवा गरी जम्मा एक सय ५४ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर एक सय १४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement