आर्थिक समृद्घिमार्फत राष्ट्रिय एकता सुदृढ गछौँः ओली

Advertisement

काठमाडौं । आजबाट सुरु भएको जनताको जलविद्युत आयोजना कार्यक्रमले हरेक नेपालीहरुको पैसाको परिचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुरु गरेको यस अभियानले देशलाई समृद्घ बनाउने र आर्थिक समृद्घिमार्फत राष्ट्रिय एकता सुदृढ गर्ने यो कार्यक्रम राष्ट्र निर्माणको अभियान भएको बताए ।

प्रधानमन्त्री ओलीले देशमा सबै चिज छ तर हामी गरिव छौं । प्रकुतिक स्रोत, खनिजले भरिपूर्ण, उर्वर विविधतायुक्त जलचर, थलचर, नगरचर सबै हामीसँग छ तर हामीले यसको सहि उपयोग गर्न नसकेर हरेक चिज बाहिरबाटै ल्याउनुपरेको छ । यो सबै हामीले हामीसँग भएका चिजहरुको उपयोग गर्न नजानेर गरिवि हुनुपरेको कुरा उल्लेख गरेका छन् ।

उनले यस अभियानबाट नेपाली जनताको सानोतिनो र निष्क्रिय रहेको पैसाको सदुपयोग गरेर विद्युत सेयरधनी अभियानमा लगानी गर्ने र सुखी नेपाली, समृद्ध नेपालको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली जनताका हरेक संघर्ष, आस्था, पर्यत्न, ती साझा आकांक्षा अभिवृद्घि गर्न र धनी हुन हरेक नेपालीले केही आधार र योजना बनायो भने सरकारले ऋण दिन्छ त्यसलाइ गतिशिल ठाउँमा लगानी गर्न आग्रह गरे ।

नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको दश वष भित्रमा देशले काँचुली फेर्ने विश्वास व्यक्त गरे ।

उनले आफु २०७२ सालमा प्रधानमन्त्री  हुँदा अर्को वर्ष देखी विजुलिको समस्या अन्त्य हुने घोषण गरेको र त्यही अनुसार लोडसेडिङ हटेको वताए । सोही योजना अनुसार भारत संग कुरा गरेको उनले बताउँदै अहिले भएको लोडसेडिङको अन्त्य आफुले गरेको संकेत पनि गरे । उनले  एक वर्षभित्रमा नयाँ प्रणाली व्यवस्थामा विभिन्न कामहरु तिव्रताकासाथ अगाडी बढ्दै धेरै समस्याको अन्त्य गर्दै आएको बताए । यस अवधिमा कैयौं बाटो, पुल,बाटाहरुमा कालोपत्रे बने, हवाइ फिल्ड भए यसरी देश बनाउने विषयमा सरकारले स्पष्ट कार्यक्रम योजना, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रतिबद्धताकासाथ अगाडी बढेको उनले जनाए ।

प्रधानमन्त्री ओलीले जनताले सरकारमा बसेर कुराको भारी बोकेर पैसा कमाउनृे र समय बिताउने होइन काम र परिणाममा लाग्न सबैलाई आग्रह गरेका छन् । हरेक दिन सरकार एक कदम अगाडि बढेको जानकारी दिँदै उनले बुधबार कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यक्रमको सुरुवात भएको, आज मात्रै नेपालमा पानीजहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत् आयोजनाको समेत सुरुवात गरिएको स्पष्ट पारे ।

वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान सुरु भएको बताए ।

कार्यक्रम सुरु भएको ३५ दिनभित्र सबै नेपालीले यस आयोजनाको सेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै पहिलो सेयर लिने प्रधानमन्त्री ओलीले किन्ने बताएका छन् ।

यो आयोजनाले रोजगारीको अवसरदेखि लिएर आफुलाई आत्मनिर्भर बनाउने, बाह्य इन्धन आयातमा कम हुने जस्ता समस्याहरुलाई न्यून गरी केही वर्षमै सबै जनतालाई सेयरधनी बनाउने जानकारी दिँदै यसका लागी आम जनतालाई यसमा सेयर लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement