दराजको ब्राण्ड डेमा 'क्यालिबरको टेकवोभर'

Advertisement

काठमाडौं । नेपालको अनलाइन् सपिङ गन्तव्य, दराजले, आफ्नो ब्रान्ड डे शृंखला अन्तर्गत आज शुक्रबार नेपाली जुत्ता ब्रान्ड क्यालिबरकोे साथमा एक दिनको छुटको व्यवस्था लागु गरेको छ । दराजको उद्देश्य भनेको ग्राहकलाई सबै उत्पादनहरुमा १५ प्रतिशतसम्मको न्यूनतम छूट दिनु हो ।

उक्त दिनमा क्यालिबरकोे विभिन्न उत्पादनहरू जस्तै ः मेन्स स्निकर्ज, बिमेन्स ट्रैनर्ज, एन्कल बुट, फर्मल सुज, अलट्रा लाइट स्पोर्टस सिरिज र अरू पनि धेरै जुत्ताहरूमा विशेष छुट र अफर प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

दराजको ब्राण्ड डे पहिलो फेब्रुअरी १, २०१९ क्लोभियाबाट आरम्भ गरेको थियो । ब्राण्ड डेमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई एक दिनका लागि आकर्षक एवंम विशेष छुट दिने छ । यो उत्सवले अनलाइन सपिङ्गको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने अपेक्षा कम्पनीको रहेको छ ।

Advertisement

Advertisement

Advertisement