आँखा शिविरमा सेञ्चुरीको आर्थिक सहयोग

Advertisement

काठमाडौँ  ।  सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरद्धारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित आठ  दिने आँखा शिविरमा पचास हजार रुपियाँको आर्थिक सहयोग गरेको छ ।

डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा आयोजना गरिएको शिविरमा करिब १८ सय जनाको साधारण चेकअप र एक सय ६४ जनाको मोतिविन्दुको शल्यकृया भएको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घले बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय ३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement