लगानी सम्मेलनका लागि बेलायती लगानीकर्तालाई निम्तो दिन अर्थमन्त्री लण्डनतर्फ लागे

Advertisement

काठमाडौं । सरकारले गर्न लागेको लगानी सम्मेलनका लागि बेलायती लगानीकर्तालाई निम्तो दिन अर्थमन्त्री युवराज खतिवडा बेलायतिर लागेका छन् । यही आउँदो मार्च २९ र ३० मा काठमाडौंमा हुन लागेको सम्मेलनको तयारीका सिलसिलामा उनी लण्डन लागेका हुन् ।

लगानी सम्मेलन आयोजनाका सिलसिलामा लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन खतिवडा लण्डन गएको अथ मन्त्रालयले जनाएको छ । बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न र नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पुर्याउने उद्देश्यले लण्डनस्थित नेपाली दूतावासले गरेको विकास सम्मेलनमा भाग लिन जान लागेका हुन् ।

भ्रमणको क्रममा खतिवडा बेलायतका गैर आवासीय नेपाली संघ र नेपाल बेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् । नेपाल विकास सम्मेलनमा बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग विभाग र काठमाडौंस्थित वान टू वाच संस्थाको समेत सहकार्य रहने र उक्त सम्मेलनमा बेलायती संसदका तीन जना सांसद, काठमाडौंस्थित बेलायती सहयोग नियोगका प्रमुख, संयुक्त अधिराज्य सरकारका डिपार्टमेन्ट इन्टरनेशनल ट्रेडका उपनिर्देशक समेत वक्ता तथा प्रस्तोता रहने जनाइएको छ ।

अर्थमन्त्री खतिवडासँग अर्थ मन्त्रालय र लगानी वोर्डका कार्यालयबाट एक एक जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement