एनसीसी र प्रिमियरबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताको उद्देश्य बैंकबाट नै ग्राहकहरुलाई निर्जीवन बीमाको सेवा दिनु हो ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्रिमियर इन्स्योरेन्स का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement