एनबी बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंक नियुक्त

Advertisement

काठमाडौं । नेपाल बङलादेश बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकलाई नियूक्त गरेको छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सभ्झौता पत्रमा नेपाल बङलादेश बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नबिल ईन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले एक हजार रुपियाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपियाँ बराबरको “एनबिबि डिबेञ्चर २०८५/८६” निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकलाई राखेको हो ।

२ अर्ब रुपियाँ बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपियाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् ८० करोड रुपियाँ बराबको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पछि निष्काशन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिकरुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागेको जानकारी दिईएको छ ।

Advertisement

Advertisement

Advertisement