एनसेलका टावरहरुमा विस्फोट गराउनेहरुलाई कडा कारवाही गछौंः गृह

Advertisement

काठमाडौं । गृह मन्त्रालयले एनसेलका देशभरका टावरमा विस्फोट गराउनेलाई पक्राउ गरी कारवाही गर्न मातहतका सुरक्षा संयन्त्रहरुलाई निर्देशन दिएको छ । एक जनाको ज्याने जानेगरी शुक्रबार राति विभिन्न स्थानमा भएको श्रृखलावद्ध विस्फोटका घटनापछि गृहले यस्तो निर्देशन दिएको हो ।

जिल्लामा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिइएको जानकारी दिँदै गृह मन्त्रालका प्रवक्ता रामकृष्ण सुवेदीले एनसेलको टावरमा तोडफोड गर्न संलग्न सबैलाई कानुनको दायरामा ल्याउन पनि भनिएको बताएका छन् । उनका अनुसार ७७ वटौं जिल्लामा तोडफोडको काममा सलग्न व्यक्तिलाई अनुसन्धान गरी पक्राउ गर्न निर्देशन दिइएको छ ।

शुक्रबारको बिस्फोटमा एनसेलको मुख्यालय नख्खुमा तीन जना घाइते भएकोमा एक जनाको उपचारका क्रममा निधन भएको थियो । एनसेलको टावरबाहेक कतिपय ठाउँमा विस्फोटक पदार्थ राखेर आतंकित बनाउने काम भएको भन्दै गृहले यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गरिने बताएको छ ।

साथै, गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटनमा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुको उपचार सरकारले गर्ने बताए । उनीसँग नेपाल प्रहरीका प्रमुखसमेत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement