काठमाडौंपछिको निक्षेप पोखरामा धेरै

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७४/०७५मा नेपाल राष्ट्र बैंकले अध्ययन गरेको ५७ वटा जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप २० प्रतिशतले वृद्धि भएको छ ।

समयमा २७ खर्ब ६० अर्ब २२ करोड रुपियाँ निक्षेप भएको देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ मा बैंकहरुको निक्षेप १२ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । बैंकिङ्ग सेवाको विस्तार र नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सेवामा पहुँच बढाउन संचालन गरेको वित्तीय साक्षरता अभियानको परिणामस्वरुप सर्वसाधारणको वित्तीय पहुँचमा भएको अभिवृद्धि र रेमिट्यान्स आप्रवाह लगायतका कारण निक्षेप सङ्कलनमा वृद्धि भएको छ ।

वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा २२ दशमलव ४ प्रतिशतले वृद्धि भई २३ खर्ब ८३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा प्रवाह १८ प्रतिशतले वृद्धि भएको थियो । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएको कर्जाको वृद्धिदर निक्षेपको वृद्धिदर भन्दा बढी रहेको कारण गत वर्ष ८४ दशमलव ७ प्रतिशत रहेको कर्जा÷निक्षेप अनुपात समीक्षा वर्षमा ८६ दशमलव ४ प्रतिशत पुगेको छ ।

वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको अंश ६८ दशमलव २ प्रतिशत रहेको छ भने उपत्यका बाहिरका क्षेत्रहरुमध्ये सबैभन्दा बढी अंश पोखरा क्षेत्रको ७ प्रतिशत तथा सबैभन्दा कम अंश धनगढी क्षेत्रको १ दशमलव ९ प्रतिशत रहेको छ । अध्ययन क्षेत्र अन्तर्गत तथ्याङ्कमा समेटिएका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा काठमाडौं क्षेत्रको अंश ५२ दशमलव ६ प्रतिशत रहेको छ भने उपत्यका बाहिरका क्षेत्रहरुमध्ये सबैभन्दा बढी अंश विराटनगर क्षेत्रको ११ दशमवल १ प्रतिशत तथा सबैभन्दा कम धनगढी क्षेत्रको अंश २ दशमलव ८ प्रतिशत रहेको छ । काठमाडौं तथा विराटनगर क्षेत्रमा आर्थिक गतिविधि बढी हुने र ठूलो परिमाणको कर्जा केन्द्रीय कार्यालयमा रहने हुँदा यी क्षेत्रमा कर्जा परिचालनको अंश उच्च देखिएको हो ।

nichhep

Advertisement

Advertisement

Advertisement