साना किसानको दोस्रो सम्मेलन फागुन १६ देखि सुरु

Advertisement

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले काठमाडौंमा साना किसान सम्मेलन गर्ने भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यही फागुन १६ र १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलनको उद्घाटन गर्ने आयोजकले जनाएका हुन् ।

साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कुषि क्षेत्रको रुपान्तरण गर्ने अभियानका साथै आम साना किसानहरुलाई परिचालन गर्न सघाउ पुगोस भन्ने उद्धेश्यले साना किसान सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले बताए ।

यस संस्थाले २०७१ सालमा पहिलो साना किसान सम्मेलन गरिसकेको छ । प्रत्येक चार वर्षमा साना किसान सम्मेलन गर्ने कुरा सम्मेलन आयोजक मूल समितिले घोषण गरेको हुँदा दिगो विकास लक्ष्यहरु प्राप्तिका लागी सहयोग पुर्याउन र सम्मेलनलाई निरन्तरता दिन संस्थाले पुनः दोस्रो सम्मेलनको आयोजना गरेको नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष खेमबहादुर पाठकले बताए ।

सम्मेलनमा विभिन्न क्षेत्रका साना किसानहरुले उत्पादन गरेका कृषि सामग्रीहरुको प्रदर्शनी एवं बिक्री स्टल रहनेछन् । स्टलमा चिया, मास, बेसार, अदुवा, सिस्नुको पाउडर, पेपिनोमेलन, किवी, अकबरे खुर्सानी, अम्लिसो, केराको चिप्स, माछाको सुकुटी लगायत नविकरण उर्जा प्रविधि र अन्य सामग्रीहरु रहने छन् ।

Advertisement

Advertisement

Advertisement