एनसेलको गेटमा बम विस्फोट गराउने योजनाकार नै पक्राउ

Advertisement

काठमाडौं । नख्खुस्थित एनसेलको मुख्यालयको गेटमा बम विस्फोट गराउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उक्त बम विस्फोटका योजनाकार सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको हो।

समाचारहरुका अनुसार भुजेल नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका छोटेमोटे नेता हुन् । एनसेलको गेटमा यही गएको शुक्रबार भएको विस्फोटमा तीन जना घाइते भएका थिए । घाइते भएकामध्ये एक जना लमजुङका ४९ वर्षीय सिंहबहादुर गुरुङको उपचारका क्रममा निधन भइसकेको छ । सोही दिन एनसेलका अन्य टावरहरुमा पनि विस्फोट गराइएको थियो ।

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको बेला एनसेलका टावरहरुलाई लक्षित गरी श्रृखलाबाट विस्फोट गराइएको थियो ।

Advertisement

Advertisement

Advertisement