मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी प्रसारण लाइन सञ्चालनमा, विद्युत खेर नजाने

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङ्दी –दमौली– मर्स्याङ्दी एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याएको छ। प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन(चार्ज)मा ल्याएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट बर्खामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमस्र्याङदी–दमौली–मर्स्याङ्दी लाइन सञ्चालनमा आएपछि विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ’ उनले भने ।

मर्स्याङ्दी–काठमाडौं र मस्र्याङदी–भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमर्स्याङ्दी, मर्स्याङ्दी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो, अब यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गले जानकारी दिए ।

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मर्स्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

ध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युतलाई पोखरा र भारतपुर तर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । ‘यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सब स्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदैछौ’, शाहले भने ।  उनले शाहले दमौली सबस्टेसनबाट दमौली– लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश स् पोखरा र दमौली–भरतपुर तर्फ विद्युत् पठाउन सकिने बताए ।

Advertisement

Advertisement

Advertisement