आर्थिक वृद्धिले लक्ष्य नभेट्ने योजना आयोगको अनुमान

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगको लक्ष्य अनुरुपको आर्थिक वृद्धिदर नहुने भएको छ । आयोगले चालु आर्थिक वर्षमा ८ प्रतीशतको आर्थिक वुद्धि गर्ने लक्ष्य राखेको थियो । तर, अहिले आयोगले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा मात्रै सीमित रहने बताएको छ ।

यस्तै राष्ट्रिय योजना आयोगले ७ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । तर सरकारका आर्थिक सूचकांक हेर्दा यो वर्ष ७ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धि हुने देखिएको आयोगले जनाएको छ ।

योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा। पुष्पराज कँडेले यो आर्थिक वर्षमा ७ प्रतिशत वा ७ दशमलव १/२ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने तथ्यांकहरु आइरहेका छन्, ८ प्रतिशतले वृद्धि नहुने बताए । सरकारले ८ प्रतिशतको लक्ष्य राखेकोमा ७ प्रतिशतको हाराहारीमा विकास हुनु पनि धेरै राम्रो भएको उनको भनाई छ ।

गएका २ वटा आर्थिक वर्षमा लगभग साढे ६ प्रतिशत आर्थिक वृद्धि गर्न सफल भएको तर अहिले ७ प्रतिशत भयो भने पनि राम्रै मान्नुपर्ने आयोगको भनाई छ ।

Advertisement

Advertisement

Advertisement