अष्ट्रेलियामा विद्यार्थी बिचल्ली पार्ने कन्सल्ट्यान्सीहरु भन्छन्– समस्या समाधान तत्काल हुँदैन्

Advertisement

काठमाडौं । अवैधरुपमा सञ्चालन भइरहेको अष्ट्रेलियन एक कलेजमा विद्यार्थी पठाएर बिचल्ली पार्ने कन्सल्ट्यान्सीहरुले विद्यार्थीहरुको समस्या तत्काल समाधान हुने नसक्ने भन्दै गैरजिम्मेवाररुपमा प्रस्तुत भएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै अष्ट्रेलिया विद्यार्थी पठाउने कार्य गर्दै आएका कन्सल्ट्यान्सीहरुका विभिन्न संगठनहरुले अष्ट्रेलियन इन्ष्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा भर्ना गरिएका सातसय भन्दा बढि विद्यार्थीको समस्या तत्काल समाधान हुन नसक्ने तर्क गरेका हुन् ।

उनीहरुले कुरा नबुझी मिडियाले गलत हल्ला गरेको भन्दै उल्टै आक्रोस पोखे । अष्ट्रेलियन सरकारले सम्वन्धन नै नदिएको कलेजमा बढि कमिशनको लागि विद्यार्थी पठाउने यस्ता कन्सल्ट्यान्सीहरुलाई कारवाही गर्नुपर्ने माग उठिरहेको बेला उनीहरुले भने यसमा आफूहरुको गल्ती नरहेको जिकिर गरे ।

अष्ट्रेलियन सरकारले सम्वन्ध नदिएको एआईबीटीको दर्ता खारेजी भइसकेको छ । कलेजको दर्ता खारेजी भइसकेपछि त्यस कलेजमा अध्ययन गरिरहेकाहरुले नेपाल फर्किनुपर्ने अवस्था सिर्जना नभए पनि अन्य कलेजहरुले बढि रकम माग गर्दै भर्ना लिइरहेको समाचार बाहिर आएका छन् ।

नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई बिचल्ली बनाउने गरेको भन्दै सामाजिक सञ्जालमा यस्ता कन्सल्ट्यान्सीहरुलाई कडा कारवाही गर्न माग भइरहेको छ । यसरी विद्यार्थी पठाएर उनीहरुलाई बिचल्ली पार्ने कन्सल्ट्यान्सीहरुको संख्या झण्डै एक दर्जन छन् ।

तर, आज उनीहरुले पत्रकार सम्मेलन नगरी त्यस्ता कन्सल्ट्यान्सीका संगठनका प्रतिनिधिहरु अगाडि प्रस्तुत भएका थिए । पत्रकारहरुले कडा प्रश्न गरेपछि कन्सल्ट्यान्सीका सञ्चालकहरुले माफी माग्न बाध्य भए । पत्रकार सम्मेलन गर्नेमा इक्यान, फेकन, आइरिन र नायर छन् ।

इक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले एआईबीटीको दर्ता खारेजीबाट अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पठनपाठन गर्न नपाउने समस्या उत्पन्न भएको र यसकोे समाधानतर्फ संस्थागत पहल भइरहेको जानकारी दिए ।

फेकनका सदस्य युवराज कटुवालले अष्ट्रेलियामा अहिले देखिएको समस्या तत्काल समाधान नहुने भन्दै यसको लागि समय लाग्ने बताए । उनले हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन हुन नसकेको पनि बताए ।

एआईबीटी त्यहाँस्थित आधिकारिक निकाय अष्ट्रेलियन स्किल्स क्वालिटी अथोरीटी (एएकक्यूए)मा रजिष्ट्रेड ट्रेनिङ अर्गनाईजेशन (आरटीओ)को रुपमा दर्ता भएर विदेशी विद्यार्थीहरुलाई पढाउन लिनुपर्ने कमनवेल्थ रजिष्टर अफ इन्स्टिच्यूशन एण्ड कोर्स फर ओभरसियश स्टुडेन्ट (सीआरआईओएस)को स्विकृति लिई वैधानिक रुपमा नै भोकेशनल एजुकेशन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कलेज भएको उनीहरुको भनाई छ ।

संगठनहरुले आफूहरुले नेपाली विद्यार्थीहरुलाई विदेश पठाएको डाटा संकलन गर्न नसकेको र उनीहरुको समस्या समाधान गर्नका लागि धेरै समय लाग्न सक्ने यस्ता संगठनको यस्ता कुराले गर्दा विचल्लीमा परेका विद्यार्थी र उनीहरुको परिवारमाथि परेको समस्यालाई कन्सल्टेन्सीले सामान्य रुप लिएको देखिन्छ ।

यसबारे आज भएको सम्मेलनमा आयोजकहरुले विद्यार्थी अलपत्र परेका बेला कन्सल्टेन्सीले धम्की दिएको कुराको झुटो प्रचार गरेको दावी गर्दै यो समस्या चाँडै हल गर्न नसक्ने बताएका छन् । उनीहरुले हाल अष्ट्रेलिया स्थित एआईबीटी कलेजमा उत्पन्न समस्याका विषयमा कतिपय आधारहिन र लाञ्छानायुक्त विषयवस्तुहरुलाई सञ्चार माध्यमले प्रचारप्रसार गरेको दाबी गरे ।

संगठनहरुको संयुक्त विज्ञप्ति यस्तो छः

Advertisement

Advertisement

Advertisement