मृतकहरुको शब काठमाडौं आइपुग्यो, ३ बजेबाट श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने

Advertisement

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जना मृतकहरुलाई श्रद्धान्जलीका लागि अपरान्ह ३ बजेबाट सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । उनीहरुको शब काठमाडौं ल्याइपुर्याएसँगै पोष्टमार्टमका लागि अस्पताल लगिने र अस्पतालबाट टुँडिखेलमा राखिन लागिएको हो । उनीहरुको शब अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

मन्त्री अधिकारी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य पनि हुन् । सो पार्टीका नेता बिष्णु पौडेलका अनुसार केन्द्रीय सचिवालयको निर्णयअनुसार श्रद्धान्जलीका लागि टुँगिखेलमा राख्न लागिएको हो । साथै, नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध पनि गरेको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि फागुन १७ गते उनको गृहनगर पोखरामा हुने जनाइएको छ । साथै नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धान्जलीसभा आयोजना गर्ने निर्णय पनि गरेको छ

Advertisement

Advertisement

Advertisement