शिशु रुनुको कारण कसरी बुझ्ने ?

Advertisement

एजेन्सी । बच्चा कसलाई मन पर्दैन होला ? अवोध बच्चाको भावभंगीमा हेरेर आनन्द अनुभूत गरिरहँदा कति आनन्द आउँछ ?

कतिपय मानिसलाई बच्चा हाँस्दा कराउँदा जति रमाइलो लाग्छ त्यति नै बच्चा रुँदा झर्को लाग्दो हो । बच्चा किन रोयो ? भोक लागेर ? पेट दुखेर ? असहज भएर ? सास फेर्न गाह्रो भएर ? गर्मी भएर ? चिसो भएर ? दिसा/पिसाब गरेर ? तपाईंसँग यस्ता प्रश्न उठ्न सक्छ । जब बच्चाहरु रुन्छन्, अभिभावकलाई एक किसिमको छटपटी हुन्छ । बच्चा रोएकै भरमा अभिभावकले उनको समस्या अनुमान गर्नुपर्ने हुन्छ । कुनै पनि शिशु बोली नफुटुन्जेलसम्म रोएरै आफ्नो भाव प्रकट गर्छन् । उनीहरुले आफ्नो दुःख, समस्या, भोक सबैकुरा रोएर अभिव्यक्त गर्ने गर्छन् । उनीहरुलाई भोक लागेको छ कि कतै पिडा भएको छ भन्ने कुरा उनीहरुको रुने शैलीबाट पत्ता लगाउनु पर्छ ।

अष्टे्रलियाकी पेड्रियाटिसियन प्रिसिला डन्स्ट्यानले विगत २० वर्ष देखि चार महिनाको बालबालिकाले निकाल्ने आवाजबारे अध्ययन तथा अनुसन्धान गरिरहेकी छिन् । यो अध्ययनमा प्रत्येक आमाबाबुले आफ्ना बच्चाले भनेका कुरा बुझ्न सकुन् भनेर प्रिसिलाले आफ्नो छुट्टै स्कुल समेत सञ्चालन गर्न थालिन् । समयमै बच्चाको रोदनको कारण पहिचान गर्न सकेमा उनीहरुको रोदनलाई समयमै रोकथाम गर्न सकिन्छ ।

आमा खोजेमा वा निद्रा लागेमा बच्चाले रुने तरीका
जब बच्चा लामो समय एक्लै हुन्छ र आफ्नो आमालाई खोज्छ तब बच्चा पाँच९छ सेकेण्ड निरन्तर रुन्छ । त्यसपछि उनीहरु करिब २० सेकेण्ड रोकिन्छ ताकि आमाबाबु आएर उनीहरुलाई तुरुन्तै काखमा राखुन् । अभिभावकले कुनै प्रतिक्रिया जनाएनन भने उनीहरु पुन रुन सुरु गर्छन् । र, तबसम्म रुन्छन्, जबसम्म उनीहरुको नजिक कोही आउँदैन

भोक लागेमा
भोक लागेमा बच्चाहरु पहिले बोलाउने उद्देश्यले नै पाँच९छ सेकेण्ड रुने गर्छन् । त्यतिबेलासम्म उनीहरुको मुखमा केही नपरे उनीहरु क्रमश चिच्याएर रुने टाउको बटार्ने, कालो निलो भएर रुन थाल्छन् । जब उनीहरुलाई धेरै भोक लाग्छ ‘नेह’ भन्ने ध्वनी निकाल्छन्

शारीरिक समस्या भएमा
कतै दुखेमा वा दुखाई बढेमा बच्चाहरु एकोहोरो तथा चिच्याई चिच्याई हुन थाल्छन् । उनीहरुको रोदन निकै नमिठो खालको हुनसक्छ । दुखाई बढेमा उनीहरुको रोदन निकै तिव्र हुनसक्छ
जब बच्चाले असहज महसुस गर्छ, तब उसले ‘हे’को आवाज निकाल्छ ।

बच्चाले निकाल्ने मुख्य ध्वनीहरु

‘एह’ यो ध्वनी तब निस्कन्छ, जब अतिरिक्त हावा बच्चाको अन्ननलीबाट बाहिर निस्कन थाल्छ र मुखबाट निस्कन्छ ।

‘ओह’ निद्रा लागेर बच्चा रोएमा उनीहरुले जिब्रोलाई पल्टाएर यो ध्वनी निकाल्छन् ।

हेहः नराम्रो स्पर्शले बच्चा चलमलाउँछ । र, उनीहरु हातखुट्टा चलाउन थाल्छन् । परिणामस्वरुप, बच्चाहरुको मुख खुला नै रहँदा उनीहरुले ‘हेह’को ध्वनी निकाल्न थाल्छन् ।

‘इहे’  बच्चाको पेट दुखेमा तथा पेटमा ग्यास भरिएमा बच्चाको ध्यवनी विकृत हुन्छ । र उनीहरुले सास फेर्ने र छोर्ने क्रममा ‘इहे’ को आवाज निकाल्ने गर्छन् ।

Advertisement

Advertisement

Advertisement