पूर्वअर्थमन्त्री अधिकारीको ८२ बर्षमा निधन

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । सोही पार्टीका नेतासमेत रहेका पर्यटनमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको एक साता बित्न नपाउँदै अधिकारीको पनि निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका ८२ वबर्षीय नेता अधिकारीलाई शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालले मृत घोषणा गरेको हो । फोक्सो र मुटुमा समस्या भएकाले उनी तीन हप्तादेखि ह्याम्प अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि अधिकारीलाई गत पुस २३ गते मेडिसिटीमा भर्ना गरिएको थियो ।

तर अधिकारीको उपचारमा अस्पतालले लापर्वाही गरेको भन्दै उनलाइ ह्याम्पमा सरुवा गरिएको थियो । दमको बिरामी रहेका उनलाई चिसोका कारण उपचार कठिन भएको जानकारहरु बताउँछन् । भेन्टिलेटरमा रहेका नेता अधिकारीको श्वास प्रश्वास कम हुँदै गएपछि अस्पतालले उनको परिवारलाई शनिबार अपर्झट बोलाएर अधिकारीको स्वास्थ्यमा अब सुधार आउनसक्ने अवस्था नरहेको जानकारी गराएको थियो ।

सोही अवस्थाको जानकारीसँगै मन्त्रीहरुदेखि सत्तारुद दलका नेता कार्यकर्ताले अस्पताल भरिभराउ भएको थियो । अस्पतालले शनिबार दिउसो नै अधिकारीको अवस्थामा सुधार आउने संभावना नरहेको बताइसकेको थियो । विदेशमा रहेकी छोरी आइनपुग्दासम्म अधिकारीलाई कृत्रिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको थियो ।

विसं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा जन्मिएका अधिकारीको श्रीमती र तीन छोरी छन्। कानुन र अर्थराजनीतिका विज्ञ उनी नेपालको पहिलो कम्युनिष्ट अर्थमन्त्री हुन् । अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको अध्ययन गरेका थिए ।

चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका नेता अधिकारीका अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति पनि प्रकाशित छन् । विसं. २००८ सालमा राजनीतिमा आवद्ध भएका उनले १६ वर्षको उमेरमा बनारसबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा आवद्ध भएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउँदा अधिकारी अर्थमन्त्री बनेका थिए । सोही बेलामा आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता नौ स जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । पटक पटक साँसद र मन्त्री भएका उनी २०६१ सालमा उपप्रधानमन्त्रीसमेत भएका थिए ।

Advertisement

Advertisement

Advertisement