अब इटहरी र बुटवलबाट पनि कम्पनी दर्ता गर्न सकिने

Advertisement

काठमाडौं। काठमाडौं उपत्यकाबाट मात्रै हुने कम्पनी दर्ता सम्बन्धि काम अब प्रदेशबाट पनि हुने भएको छ। सरकारले चैतको पहिलो सातादेखि प्रदेश कार्यालयबाट पनि कम्पनी दर्ताको काम  शुरु गर्ने जनाएको छ ।

बुटवल कार्यालयको लागि बुटवलस्थित जनकपुर चुरोट कारखानाको भवनमा कार्यालय राख्ने टुङ्गो लागिसकेको छ। इटहरी कार्यालयको लागि भने भवन भाडामा लिने अन्तिम तयारी भइरहेको कम्पनी रजिष्टार कार्यालयले जनाएको छ।

कम्पनी रजिष्ट्रार कार्यालयका लेखा प्रमुख अजय बर्तौलाले प्रदेश कार्यालयमा ७/७ जना कर्मचारीको दरबन्दी रहने बताए। जसमा उपरजिष्ट्रार १ जना, सहायक रजिष्ट्रार २ जना, नायब सुब्बा १ जना र कम्प्युटर अधिकृत १ जना रहने छन्। कार्यालय सहयोगी र सवारीचालक पनि १/१ जना रहने गरि एउटा कार्यालयको लागि ७ जनाको दरबन्दी स्विकृत भएको हो।

अर्थमन्त्रालयले प्रदेश कार्यालयको लागि भन्दै ७५ लाख रुपियाँका दरले एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिसकेको छ। बुटवल कार्यालयमा जान ईच्छुक कर्मचारीको नाम स्विकृतीको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाइएको र इटहरी कार्यालयको लागि थप कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयलाई नै लेखिपठाइएको बर्तौलाले जानकारी दिए।

कम्पनी रजिष्ट्रारको कार्यालयमा उपरजिष्ट्रारले १० करोड रुपियाँ स्थिर पूँजी भएका कम्पनी दर्ता गरिरहेकाले प्रदेश कार्यालयले पनि १० करोड रुपियाँसम्मका कम्पनी मात्रै दर्ता गर्ने छन्। प्रदेश कार्यालयले हेर्ने कम्पनीका फाइल केन्द्रिय कार्यालयबाट उता लगिने र त्यसपछि नवीकरणका सबै काम प्रदेश कार्यालयबाटै हुनेछन्।

अनलाईन पेमेन्ट सुरु गरिसकेको कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाखदेखि डिजिटल सिग्नेचर र पूर्ण स्वचालित अनलाइन प्रणाली लागु गर्ने तयारी गरिरहेको छ। प्रदेश कार्यालयमा भने यीनै काम अर्को आर्थिक वर्षबाट मात्रै सुरु गरिने कार्यालयले जनाएको छ।

Advertisement

Advertisement

Advertisement