अर्थतन्त्रको आकार भन्दा धेरै बैंकहरुको निक्षेप

Advertisement

काठमाडौँ। नेपालको अर्थतन्त्रको आकार भन्दा बैंकहरुले संकलन गरेको निक्षेप बढी भएको छ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा ३० खर्ब ६६ अर्ब भन्दा धेरै निक्षेप संकलन गरेका छन् । अहिले नेपालको अर्थतन्त्रको आकार ३० खर्बको हाराहारीमा रहेको छ । यसरी हेर्दा वाणिज्य बैंक विकास बैंक,र फाइनान्स कम्पनीले संकलन गरेको निक्षेप नेपालको अर्थतन्त्रको आकार भन्दा ६० अर्बले बढी रहेको देखिन्छ ।

बैक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको पुष मसान्तमा २५ खर्ब ३५ अर्ब रुपियाँ निक्षेप संकलन गरेका थिए । चालु आर्थिक बर्षको सोही अवधिको भन्दा पाँच खर्ब ३१ अर्ब अथात् २१ प्रतिशतले कम हो ।

यस्तै बैंकहरुले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा २७ खर्ब ३७ अर्ब ६३ करोड १६ लाख कर्जा लगानी गरेका छन् । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा २३ दशमलव ९ प्रतिशतले बढी छ । गत आर्थिक बर्षको पुष मसान्तमा बैंकहरुको कर्जा लगानी २२ खर्ब आठ अर्ब ८५ करोड १२ लाख रुपियाँ रहेको थियो ।

Advertisement

Advertisement

Advertisement