इन्भेस्टमेन्ट बैंकको नयाँ एक्स्टेन्सन काउन्टर हात्तीवनमा

Advertisement

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको हात्तीवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन एन्ड स्कुल अफ आर्टमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले काउन्टर खोल्नुको मुख्य उद्देश्य विश्वविद्यालयको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नु हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय लगायतले उक्त काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ ।

विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको नातालाई अझै फराकिलो पार्ने उद्देश्यले बैंकले १०औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।बैंकले अहिले ७८ शाखा, नौ राजस्व संकलन एक्स्टेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ सुविधा, एक सय ११ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement