सेयर बजारमा सुधार जारी, नेप्से १६ अंकले बढ्यो, कारोबारमा पनि सुधार, तर युनिलिभर घट्यो

Advertisement

काठमाडौं । लामो समयदेखि घट्दै आएको सेयर बजारमा बिहीबार पनि सुधार जारी रह्यो । आज नेप्से परिसुचक १६ दशमलव एक हजार १२७ कायम भएको छ भने २९ करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ । बुधबार पनि नेप्सेमा झण्डै दोहोरो अंकको सुधार देखिएको थियो ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । उसको एक करोड ९९ लाख रुपियाँको कारोबार छ भने दोस्रोमा एनसीसी बैंकको एक लाख २८ हजारको कारोबार भएको छ । आज धेरै नाफा गर्नेमा पूर्णिमा विकास बैंकका लगानीकर्ता छन् भने धेरै घाटा खानेमा घलेम्दी हाइड्रोका लगानीकर्ता छन् । रकमका हिसावले युनिलिभर नेपालका लगानीकर्ताले घेरै घाटा सहनुपरेको छ । युनिलिभरको सेयर ३८७ रुपियाँले घटेको छ ।

समूहगत कारोबारतर्फ हेर्दा बाणिज्य बैंक समूहमा आज उत्साहजनक सुधार देखिएको छ । यो समूहको उपसुचक एक दशमलव ४७ प्रतिशतले बढेको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको घट्बढ्ले नेप्सेमा धेरै असर गर्दछ । अनुपातका हिसावले धेरै नाफा गर्ने समूहमा जीवन बीमा छ । यो समूहको उपसचक दुई दशमलव ७७ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement