मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्सको सेवा नारायणगढमा

Advertisement

चितवन । मोबाइल प्रोटेक्शन प्लान ‘मेरो सुरक्षाको मोबाइल’ले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा सुरु गरेको छ ।

विहीबार एक कार्यक्रमकाबीच नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याधले उक्त शाखाको उद्घाटन गरे । नारायणगढको ए टु जेड मोबाइल हाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागि हुन सकिने छ ।

यसअघि बीरगंजबाट सेवा दिँदै आएको मोबाइल इन्स्योरेन्सले अब पोखरा, पाल्पा, बुटवल र तनहुँबाट पनि यो सेवा सुरु हुने भएको छ ।
सेवा सुरु गरेको पाँच महिनाको अवधिमा दश हजार बढी मोबाइल प्रयोगकर्ता भएका र दैनिक एक सय पचास जना नयाँ प्रयोगकर्ता सहभागि भएको कम्पनीले दावी गरेको छ ।  मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपियाँ बराबरको बीमा सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्क्त जीवनमा सहयोग गर्नेछ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने कम्पनीले जनाएको छ ।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र मेरो सुरक्षाले अर्को नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ । मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल छन् ।

Advertisement

Advertisement

Advertisement