सञ्चय कोषले पेलेर निकाल्ने तयारी गरेपछि काठमाडौं मलका व्यापारीहरु संकटमा

Advertisement

काठमाडौं । काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यापारीहरुले सधै विचौलियाबाट पीडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । संघकी अध्यक्ष सुष्मा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यलय काठमाडौं मलमा राख्न सफल भए ।

संञ्चयकोष आएपछि व्यवसायीले अब आरामसंग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए । तर कोषको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् । ‘सञ्चयकोषको व्यवस्थापन आएपछि ढुक्कसंग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थियौं तर कोषले चलखेल गरेर काठमाडौं मलका व्यवसायीलाई ठाउँ खाली गर्न लगाउँदै छ ।’ संघकी अध्यक्ष सुष्मा महराले भनिन् ।

कोषले नै व्यापारीक मल भन्दै व्यवसायीलाई बोलाएको भन्दै उनले अहिले व्यसायीलाई उठाउन खोज्नु जायज नभएको बताइन् । मलमा व्यवसाय गरेर बसिरहेका व्यवसायीहरुलाई नै हटाउने प्रपन्च कोषका कर्मचारीहरुले गर्न थालेपछि द काठमाडौं मल व्यापार संघका अध्यक्ष सुष्मा महरा अब आफू आमरण अनसनमा बस्ने बताएकी छन् ।

पछिल्लो पटक कर्मचारी संचय कोषका भवन प्रमुखसँग भएको वार्तामा व्यवसाय सिध्याउने मिसन र व्यापार संघ अघि बढे प्लान बी प्रयोग गर्ने जस्ता कुराले संचय कोषको नियत प्रष्ट भइसकेको महराको भनाई छ ।

उनका अनुसार कोषको सुन्धारास्थित भवन काठमाडौं मल संचालनमा ल्याएयता कोषले व्यवसायीबाट एक अर्ब ६६ करोड भन्दामाथि असुश गरिसकेको छ ।

यति धेरै रकम असुल गरिसक्दा पनि उचित व्यवस्थापन नगर्ने उल्टै चार अर्बभन्दा ज्यादा लगानी गरेर बसिरहेका तीन सय व्यापारी र तीन हजार कर्मचारीले रोजगारी पाइरहेको केन्द्रलाई नै तहस नहस गर्न खोज्नु ज्यादतीपूर्ण भएको बताइन् ।

महराका अनुसार यहाँका व्यवसायहरु टेन्डरमार्फत १५ वर्षको अवधि लिएर र १५ वर्षको योजना बनाएर घर खेत जायजेथा बैंकमा राखेर काम गरेकाले अबको विकल्प कि त आत्महत्या गर्नु या त लड्नु मात्र भएको बताइन् । उनले आफ्नो प्राण नै दाउमा लगाएर भए पनि लड्ने अठोटका साथ आमरण अनसन बस्ने तयारीमा रहेको बताइन् ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement