मानिसले एकदिनमा कति अनुहार सम्झन सक्छ  ?

Advertisement

एजेन्सी । हाम्रो मस्तिष्कले एकदिनमा कति अनुहार सम्झन सक्छ भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

ब्रिटेन युनिभर्सिटी अफ योर्कले गरेको अनुसन्धानले हामीसँग भएको अनुहार पहिचान गर्ने क्षमताले देखा पर्ने हजारौँ अनुहार मस्तिष्कमा राखिदिने गरेको पत्ता लागेको छ । उनीहररुले सञ्चार माध्यममा देखेका र व्यक्तिगत जीवनमा देखेका अनुहार सामेल गरेका थिए । ‘प्रोसेडिङ्स अफ द रोयल सोसाइटी बि’ पत्रिकामा प्रकाशित शोधमा एउटा आधार प्रस्ताव गरियो जसमा मानिसको अनुहारको तुलना अनुहार चिन्ने सफ्टवेयरबाट गरियो ।

यार्क विश्वविद्यालयका रोव जेनकिन्स भन्छन् ‘हाम्रो अध्ययन यो कुरामा केन्द्रित तियो कि मानिस साच्चै कतिको अनुहार चिन्छन् ‘। हामीले मानिसको मस्तिष्कले कतिको अनुहार चिन्न सक्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं ।’ शोधमा मानिसलाई एक घण्टामा ती मानिसको नाम लेख्न भनियो जो उनीहरूको जीवनसंग जोडिएका छन् । यसमा विद्यालय, कलेज, परिवारजनसमेत पर्दछन् । त्यसपछिउनीहरूलाई मसहुर हस्तीहरूको नाम लेख्न भनियो जो नेता, अभिनेता वा प्रसिद्ध व्यक्ति छन् । यो क्रममा सहभागिलाई पहिले त निकै मानिसको नाम आयो तर पछि अनुहार सम्झन निकै मुस्किल हुन थाल्यो । यसको परिणाम मानिसले एक हजारदेखि १० हजारकाबीचमा अनुहार चिन्न सक्छन् भने औसतमा मानिसले पाँच हजार अनुहार पहिचान गर्न सक्ने निष्कर्ष निकालिएको छ ।

Advertisement

Advertisement

Advertisement