महालक्ष्मी लाईफ इन्स्योरेन्सले ३५ जिल्लामा गर्यो तालिम तथा अन्तरक्रिया

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गरेकोे छ । जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समक्ष पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो ।

२०७५ माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा कार्यक्रम सञ्चालन भएको छ ।

एक महिनाको यो कार्यक्रममा हाल सम्म ६ हजार तीन सय भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्तसम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने कार्यक्रम बनाएको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तयारी गरिरेहको समेत जानकारी दिईएको छ ।

Advertisement

Advertisement

Advertisement