नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न सरकार लागि परेको छ: मन्त्री ज्ञवाली

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विश्वभरीका पर्यटकहरुको रोजाइको देश बन्न पुगेको बताएका छन् । हिमालय ट्राभल्स म्यागाजिनको २० औं वार्षिकोत्सव कार्यक्रममा नेपाल विश्वका पर्यटकहरुले भ्रमण गर्नै पर्ने देशका रुपमा स्थापित हुँदै गएको जिकिर गरे  ।

मन्त्री ज्ञावालीले नेपालमा भएका हिमाल, धार्मिक स्थलहरु, नेपालको मौलिक संस्कृति र नेपालीले गर्ने अतिथि सत्कारको कारण पर्यटकको रोजाईको देश बन्न पुगेको भन्दै ती सम्पदाहरुको संरक्षणमा सरकार लागिरहेको बताए ।

नेपालको सौन्दर्यतालाई विश्वसामु फैलाएर ट्राभल्स हिमालयन म्यागाजिनले पर्यटकको आकर्षण वढाएको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पुरा गर्न सरकार लागि परेको समेत बताए ।

पर्यटकको विषेश प्रस्तुतिको रुपमा रहेको यस म्यागेजिनले २०२० मा २० लाख पर्यटक भित्र्याउन सहयोग गर्ने आयोजकले बताएको छ । ट्रावल हिमालयले स्वदेशमा भन्दा पनि विदेशमा राम्रो छाप छोड्ने गरेको छ । यस म्यागेजिनले २०२० मा २० लाख पर्यटक भित्र्याउन ठुलो भुमिका खेल्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement