सेयर बजारमा उत्साहजनक सुधार, कारोबार पनि बढ्यो

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार केही सुधार देखिएको छ । सेयर बजार परिसुचक नेप्से १४ दशमलव २८ अंकले बढेर एक हजार १४३ अंक कायम भएको छ भने कारोबारमा पनि सुधार आई ४० करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्जको अनलाइन सिस्टममा समस्या आई कारोबार हुन नसकेमा आज भने त्यस्तो स्थिति आएन । आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंक छन् । दुवैको कारोबार क्रमसः दुई करोड ८९ लाख र दुई करोड २१ लाख छ ।

समूहगत कारोबारतर्फ बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ७८ प्रतिशतले सुधार आएको छ, जुन निकै उत्साहजनक हो । सेयर बजारमा यो समूहको हिस्सा निकै ठूलो छ । अनुपातका हिसावले धेरै नाफा गर्नेमा जलविद्युत समूह छ । यो समूहको उपसुचक दुई दशमलव ४७ प्रतिशतले बढेको छ ।

आज अन्यबाहेक सबै समूहका उपसुचकहरु उकालो लागेका छन् । आज धेरै नाफा गर्नेमा न्यादी पावर ग्रुपका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement