राष्ट्रिय औद्योगिक व्यापार मेलामा साढे १५ करोडको कारोबार

Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलामा १५ करोड चालिस लाख रुपियाँको कारोबार भएको आयोजकले जनाएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने उक्त मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेको पनि आयोजकले दावी गरेका छन् ।

मेलाको समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तराष्ट्रिय बजारमा सामान पु¥याउनका लागि सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

पछिल्लो समय नयाँ बाटो भन्दै परनिर्भरतातर्फ मुलुक अग्रसर भएको भन्दै उनले भने,‘मेला हेरेपछि म पनि उत्साही भएको छु । यहाँहरुको पनि उत्साह नघटोस । मुलुकलाई परनिर्भर हुनबाट बचाउन आन्तरिक उत्पादनलाई सबल बनाएर आयातको दरलाई रोक्न सघाउनुस ।’

मन्त्री पण्डितले उत्पादन बढाउनका लागि अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए । मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको उनले बताए ।

मेलाको समापन समारोहमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement