मन्त्रिमण्डल चाँडै पुर्नगठन हुन्छ, प्रधानमन्त्रीसँग मेरो कुरा भइसक्योः दाहाल

Advertisement

विराटनगर । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग मंगलबार कुरा गर्दै उनले सरकारलाई थप गतिशील बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताएका हुन् ।

दाहालले यस विषयमा आफू र प्रधानमन्त्री केपी ओलीबीच बालुवाटार कुरा भइसकेको खुलासा गरे । उनले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको विषय भएकाले निर्णय गर्न आफूले सुझाव दिएको बताए ।

अध्यक्ष दाहालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको गुनासो आएकाले पनि फरक ढंगबाट काम गर्नुपर्छ भन्ने आफूलाई लागेको बताए । गएको एक बर्षमा संवैधानिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध, युवा स्वरोजगार र सामाजिक सुरक्षा जस्ता विषयमा महत्वपूर्ण काम भए पनि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले सीके राउत समूहलाई राजनीतिक मूलधारमा ल्याउनु पनि सरकारको सफलता हो भने ।

Advertisement

Advertisement

Advertisement