सुनको मूल्य फेरी उकालो लाग्यो, तोलामा तीन सयको वृद्धि

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले बढेर ६० हजार छ सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार तीन सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ९ सय ५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार सात सय रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर सात सय ४५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ३९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement