माउन्टेन इनर्जीले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग्यो

Advertisement

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आइपीओ जारी गर्ने भएको छ । माउन्टेनले आइपीओ जारी गर्न नियामक निकाय धितोपत्र बोर्ड निवेदन दिएको छ । कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपियाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी गर्न लागेको हो ।

बोर्डले निष्कासन अनुमति दिएपछि मात्रै कम्पनीले आइपीओ जारी गर्न पाउने छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

माउन्टेन इनर्जीमा गोयल समूहको मुख्य लगानी रहेको छ । यसले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement