कामना सेवाका तीन नयाँ बचत खाता सञ्चालन

Advertisement

काठमाडौं।  कामना सेवा विकास बैंकले आकर्षक विशेषताहरु सहित तीनवटा नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले “स्वर्णिम सुरक्षित बचत खाता, बैंकास्योरेन्स खाता र रिकरिङ खाता” गरि नयाँ तीन वटा बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाख सम्मको औषधि उपचार बीमा र सात लाख सम्मको दुर्घटना बीमा भएको स्वर्णिम सुरक्षित बचत खाता, एक तोला चाँदीको सिक्का उपहार सहितको बैंकास्योरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ खाता सञ्चालनमा ल्याएको हो ।

सबैको लागी अझै सहज, सवल, गतिशील, र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएकोे छ । बैंकले “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ पुर्व देखी पश्चिम सम्मका नागरिकलाई सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेका छ ।

Advertisement

Advertisement

Advertisement