अछामको मेल्लेखमा पुग्यो सेञ्चुरी बैंक

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेखमा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु, उपत्यका बाहिर ९७ शाखाहरु र दुई वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement