कुल ४८ करोडको कारोबारमा नेशनल लाइफ एक्लैको २१ करोडको सेयर किनबेच

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार दोहोरो अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज एकल अंकले सुधार भएको छ । नेप्से ५ दशमलव ४० अंकले बढेर एक हजार १५० कायम भएको छ ।

आज कारोबार बढेर ४८ करोड ५८ लाख रुपियाँको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड रुपियाँको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार गर्ने एनसीसी बैंकको एक करोड ९४ लाख रुपियाँको कारोबार छ ।

समूहगत कारोबारतर्फ उत्पादनमूलक बाहेक सबै समूहमा सुधार देखिएको छ । सबैभन्दा धेरै जलविद्युत समूहको उपसुचक दुई दशमलव ३४ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement