जंङ्गी अड्डाको पुनर्निर्माण गर्न साढे तीन अर्ब खर्च

Advertisement

काठमाडौं । तीन अर्ब ४९ करोड रुपियाँ लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको भद्रकालीस्थित सैनिक मुख्यालय (जङ्गी अड्डा)को ९९ प्रतिशत काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निरीक्षण गर्ने क्रममा निर्माण कार्य अन्तिम चरणमा रहेको जनाइएको हो ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले भविष्यमा निर्माण गर्ने संरचनाहरु पनि सुरक्षित र बलियो बनाउने बताए । गुणस्तर र स्तरीयता कायम गर्न सेना प्रतिबद्ध रहेको भन्दै उनले प्राधिकरणको सहयोग र सेनाको समन्वयबाट जंङगी अड्डा लगायतका संरचनाहरुको पुनर्निर्माण भइरहेको बताए ।

आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी जंङ्गी अड्डाको पुनर्निर्माण कार्य भइरहेको थापाले बताए । उनले पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाहरुको पुनर्निर्माण सम्पन्न हुने बताए । २०७३ साल पुसदेखि पुनर्निर्माण सुरु गरिएको जंङ्गी अड्डामा ४७ वटा कार्यालयहरु रहनेछन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपायहरु अपनाई जंङ्गी अड्डाको पुनर्निर्माण गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement