राहदानी विभागको कार्यालयमा एक घण्टाको समय थप

Advertisement

काठमाडौं । राहदानी विभाग कार्यालयले आफ्नो कार्यालय समयमा १ घण्टा थप गरेको छ । ग्राहकको चाप तथा कार्यालयको सेवालाई प्रभावकारी बनाउने हेतुले अबबाट कार्यालयलाई १०:०५ को समयमा पुनरावलोकन गरेको हो ।

विभागका अनुसार, १०–५ सञ्चालन हुँदै आएको कार्यालय आजबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ । शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने जानकारी दिईएको छ । समय थप गरेकाले सेवाप्रवाहमा सुधार आउने विश्वास कार्यालयले राखेको छ ।

सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ । त्यसैगरी, विभागले राहदानी प्रयोगमा केरमेटलगायतका समस्यामा सजगता अपनाउन अनुरोध पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement