एलजीको नयाँ प्रोडक्ट ‘स्मार्ट थीनक्यु’ नेपाली बजारमा

Advertisement

काठमाडौं । मिनभवनको एलजी सोरुममा भएको नयाँ प्रोडक्ट लन्च कार्यक्रममा एलजीले आफ्नो होम अप्लायन्स (वासिङ मेसिन, डिसवासर र फ्रिजमा) एलजी 'स्मार्ट थीनक्यु' प्रविधी प्रस्तुत गरेको छ । राम्रो जीवन विताउनको लागि सहजतालाई ध्यानमा राखेर कम्पनीले यस प्रविधिको विकास गरेको हो ।

यस प्रविधि अन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई सर्माट फोनको सहायताले घरमा बसि बसि अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ । यसका साथै लोयल्टी प्रोग्राम पनि सुचारुमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिजी इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे बापत थप सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement