मालपोत कार्यालयमा मन्त्रीको अनुगमन

Advertisement

काठमाडौं । बढि भ्रष्टाचार हुने भनेर चिनिएका मालपोत कार्यालयहरुलाई डिजिटल प्रणालीमा लैजाने क्रममा भइरहेको तयारीबारे अनुगमन गर्न भूमिसुधारमन्त्री आइतबार कलंकीस्थित मालपोत कार्यालयमा पुगेकी छन् ।

सरकारले मालपोतसँगै नापी कार्यालयलाई पनि डिजिटल बनाउने तयारी गरेको छ । डिजिटल बनाइसकेपछि यस क्षेत्रमा हुदै आएको ठूलो भ्रष्टाचारमा कमी आउने आशा गरिएको छ । साथै, यस्ता कार्यालयको सेवा प्रवाहलाई छिटो छरितो बनाउने क्रममा सहायक कक्ष स्थापना गर्ने, सर्भिस डेस्क राख्ने, टोकन प्रणाली लागू गर्ने क्रममा कलंकी कार्यालयमा भएको प्रगतिबारेमा पनि मन्त्री अर्यालले जानकारी लिइन् ।

Advertisement

Advertisement

Advertisement