अर्को भ्रष्टाचार भेटिएपछि नगरपालिकाका अधिकृतविरुद्ध अर्को मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका इलामका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा पनि दायर भएको छ । यसअघि अख्तियारले उनलाई सवा सात करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिसकेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अवधिमा समेत अनियमितता गरेको पाइएपछि ढकालविरुद्ध थप १४ लाख ८९ हजारको विगो दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

उनले कटारी नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठूलो रकम स्थानान्तरण गरी आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको भन्दै यसअघि गत साउनमा सात करोड २३ लाख विगोदाबी गरी मुद्दा दायर गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement