सेयर बजारमा अझै आएन सुधार, जीवन बीमा समूहको गिरावट धेरै

Advertisement

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा गिरावट कायम नै रहयो । आज नेप्से परिसुचक ७ दशमलव ४७ अंकले घटेर एक हजार १५३ कायम भएको छ भने कारोबार पनि घटेर ३६ करोड ७ लाख ९ हजार ७८० रुपियाँमा सीमित भएको छ ।

आज धेरै कारोबार गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमईको ६ करोड ३९ लाख १० हजार ५७२ रुपियाँको कारोबार भएको छ । त्यसैगरी, साईन डेभलपमेन्ट बैंकले १ करोड ४७ लाख १४ ८४६ रुपियाँको कारोबार भएको छ । साथै, फाईनान्सको ४ दशमलब ३८ अंकको नाफा छ भने उत्पादनमुलक समुहमा ७ दशमलब ६६ अंकको नाफा देखिन्छ।

समूहगत कारोबारतर्फ वित्त समूहमा सामान्य सुधार देखिए पनि बाँकी समूहहरु घटेका छन् भने । जीवन बीमामा ७६ दशमलव ५३ अंकले घटेको छ तथा निर्जीवन विमामा ६० दशमलव ४६ अंकको गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement