यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर, सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका

Advertisement

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘ह्याप्पी न्यू यामाहा’ नाम दिएको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्डमा एक लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ ।

‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा हामीले गरेका छौँ । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनुहुनेछ । यो डबल बोनान्जा अफर हो’, एमएडब्ल्यू इन्टरप्राइजेज, यामाहा डिभिजनका सीईओ चिरञ्जीवी शाहले भने, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौँ कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।’

नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ ।

Advertisement

Advertisement

Advertisement