होलीको दिन ओली र राधिकाले फिल्म हेरेर मनोरञ्जन लिए

Advertisement

काठमाडौं । होलीको दिन बुधबार साँझ प्रधानमन्त्री केपी ओली र उनकी श्रीमती राधिका शाक्यले फिल्म हेरेर मनोरञ्जन लिए । उनीहरु चलचित्र ‘क्याप्टेन’ हेर्न सिटी सेन्टरस्थित हलमा पुगेका थिए ।

ओलीले आफ्ना बाबु मोहनप्रसाद र आफ्नै पार्टीका महासचिव एवं विश्वास पात्र नेता बिष्णु पौडेललाई पनि साथमा लगेका थिए । अनमोल केसीको यस चलचित्रमा अनमोलको आफ्नै अभियन रहेको छ भने साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।

अनमोलका बाबु भुवन केसीले आफ्नो छोरोले बनाएको चलचित्र हेर्न विशेष आग्रह गरेपछि ओलीले श्रीमती, बाबुलाई समेत लिएर फिल्म हेर्न गएका थिए ।

Advertisement

Advertisement

Advertisement