सामसङको ग्यालेक्सी ए५० र ग्यालेक्सी ए३० नेपाली बजारमा

Advertisement

काठमाडौं । सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।  यस स्मार्टफोनमा कम्पनीले इन्फिनिटि–यू डिस्प्ले, चाँडै चार्ज हुने अल्ट्रा वाइड क्यामरा लगायतको विशेषता ल्याएको छ । कम्पनीले अहिलेको पुस्ताका चाहना एवं आवश्यकताहरुलाई मध्यनजर गरेर ए५० र ग्यालेक्सी ए३० स्मार्टफोन बजारमा ल्याएको हो ।

आइ एम बिजका प्रमुख प्रणय रत्न स्थापितले भने –“सामसङ सदैव अर्थपूर्ण आविष्कारका लागि निरन्तर उत्साहित छ । हाम्रो सबैभन्दा नयाँ स्मार्टफोन न्बबिहथ ब् लोकप्रिय एवं एक्सन फोनका रुपमा रहने छ ।’ यो विशेष गरी युवा पुस्ताको लागि निर्माण गरिएको छ । ग्यालेक्सी ए मा अल्ट्रा–वाइड, स्लोमो र हाइपर लिफ मोडहरु विद्यमान रहेका छन् । यी विशेषताहरुले वास्तविक रुपमा नै रियल टाइममा कन्टेन्टहरुको विकास तथा सेयरिङ्ग गर्न सकिने उनले बताए ।

ग्यालेक्सी ए५०
यसमा कम्पनीले अतुलनीय सुविधाहरु समावेश गरेको छ । यस स्मार्टफोनमा तीनवटा रियर क्यामरा विद्यमान छन्, नयाँ जमानाको इन्फिनिटि–यु डिस्प्ले तथा शक्तिशाली व्याट्रि राखिएको कम्पनीले जनाएको छ ।
यस स्मार्टफोनमा ६.४ ईन्च एफ्एच्डी र इन्फिनिटि–यु डिस्प्ले तथा सामसङको आफ्नै सुपर एएमओएलईडी रहेको छ । यस सेटले ९१.६ प्रशितको स्क्रीन वडी अनुपात प्रदान गर्दछ ।

यसको रियर क्यामरा ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स जसले १२३ डिग्रीको दृश्यलाई कैद गर्न सकिन्छ । यस सुविधाले हाम्रो आँखाले जस्तो दृश्य देख्दछ त्यस्तै फोटो खिच्न सकिन्छ । अझ यस सुविधाले विना रुकावट वाइड एङल फोटो खिच्न सकिन्छ । साथै यसबाट वाइड मोडमा भिडियो पनि खिच्न सकिने जानकारी दिईएको छ ।

२५ मेगा पिक्सल युक्त मुख्य क्यामराको लेन्स रहेको छ । जसले कम उज्यालोको अवस्थामा पनि स्पष्ट फोटो खिच्न सकिन्छ । एफ्टु.टु लेन्सको साथ ५ मेगा पिक्सलको डेप्थ सेन्सरले पृष्ठभूमिमा बोक्हे समायोजन गर्न सकिन्छ ।

उक्त स्मार्टफोनमा ‘इन्टेलिजेन्ट सिन अप्टिीमाईजर’ जस्तो विशेषता रहेको छ, जसले विषयवस्तु अनुसार रंग, कन्ट्रास्ट तथा ब्राइटनेस मिलाइदिन्छ र फोटोको गुणस्तरलाई तत्काल अनुकूल गर्दछ । यसमा ‘अन स्कृन फिङ्गरप्रिन्ट अनलकिङ’ सुविधा रहेको छ, यसबाट सहज तरिकाबाटै मोबाइललाई अनलग गर्न सकिन्छ ।

यसमा चार हजार एमएएच् व्याट्री रहेको छ, यसमा १५वाट् ‘फास्ट चार्ज’ प्रविधि तथा छिटो डाटा स्थानान्तरणको युएसबी टाईप सी रहेको छ । यो स्लिम डिजाइन तथा कर्भड् सेपमा उपलब्ध छ भने नीलो तथा कालो गरी दुईवटा रंगमा उपलब्ध रहेको छ ।

ग्यालेक्सी ए३०
यस फोनमा अतुलनीय सुविधाहरु समावेश गरिएको छ । यस स्मार्टफोनमा दुई वटा क्यामरा अल्ट्रा– वाईड एङ्गल लेन्स सहित १६ मेगापिक्स्चल एफ्(१.७) +५ मेगापिक्स्चल एफ् (टु.टु) रहेको छ ।

यसमा चार हजार एमएएच् व्याट्री रहेको छ, यसमा १५ वाट फास्ट चार्जर प्रविधि तथा एज–टु–एज ६.४ ईन्च सुपर एएमओएलईडी ईन्फिनीटी–यु डिस्प्ले रहेको छ, जसले प्रयोगकर्तालाई भिडियो, गेम, मल्टिटास्किङ्ग आदि चलाउँदा प्रभावशाली अनुभव प्रदान गर्ने छ ।

यसमा विकसित फिङ्गगर प्रिन्ट सेन्सर राखिएको छ । यो सेट रातो, नीलो तथा कालो रंगमा बजारमा उपलब्ध रहेको छ ।
मूल्य तथा उपलब्धता
ग्यालेक्सी ए३० ४/६४को बजार मूल्य ३३ हजार ४९०रुपियाँ तथा ग्यालेक्सी ए३०४/६४ जीबीको बजार मूल्य २८ हजार ४९० तोकिएको छ । यी दुबै सेट चैत्र महिनाको २ गते बाट उपलब्ध बजारमा उपलव्ध छ ।

Advertisement

Advertisement

Advertisement