खेलकुद क्लवहरुमा सबैधन्दा धनी मुकेश अम्बानी

Advertisement

एजेन्सी । मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोब्र्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसवर्ष भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानी उक्त सूचीको शीर्ष स्थानमा रहेका छन् । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका मालिक हुन् ।

ग्यास र तेल प्रशोधन तथा टेलिकम ब्यवसायमा साम्राज्य खडा गरेका अम्बानी अहिले खेलजगतमा पनि छाएका छन् । फोब्र्सले हालै प्रकाशित कुल २० जना खेल टिमका सर्वाधिक धनाढ्यको नाम सार्वजनिक गरेको थियो । सूचीमा एनबीए टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर दोस्रो र अटो रेसिंग टिम रेडबुल फर्मूला वानका मालिक डिएट्रिच माटेशिट्ज तेस्रो स्थानमा छन् ।

यी बाहेक आइस हकी टिमका सन जोस शार्कका मालिक हासो प्लेटनर एन्ड फेमिली, चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच र केरोलिना प्यान्थर्स टिमका मालिक डेभिड टेपेर पनि सूचीकृत छन् ।

सूची अनुसार गत वर्षको तुलनामा यसपटक १३ टिमका मालिकहरुको सम्पत्ति वृद्धि भएको छ । यस्तै पांच जनाको सम्पत्तिमा ह्रास आउँदा दुई टिमको सम्पत्ति भने स्थिर नै रहेको छ । ५।७६ लाख करोड नेपाली रुपैया बराबरको सम्पत्ति भएका अम्बानीले सन् २००८ मा मुम्बई इन्डियन्स टिम खरीद गरेका हुन् ।

इन्डियन सुपर लिगको वर्ष २०१८ मा सम्पन्न ११औं सिजनमा खेलेको म्याचहरु मध्ये आधा जसोमा मुम्बई इन्डियन्सले हारको सामना गरेको थियो । आईपीएलको उपाधि तीन पटक उचालेर सर्वाधिक सफल टोलीको छवि बनाएका मुम्बई इन्डियन्सका लागि गत सिजन ज्यादै खराब बितेको थियो ।

एकातिर टिमले खराब प्रदर्शनको सामना गर्नु परे पनि अर्कोतिर भने आम्दानीमा मुम्बई इन्डियन्सले फड्को मारेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement